सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ किनबेच ?
२०८२ कार्तिक १२ गते

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला ७०० ले घटेर २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रति तोला२ लाख ३७ हजारमा कारोबार भएको थियो । यसअघि लगातार बढिरहेको सुनको मूल्यमा यस दिन केही कमी आएको हो ।
यसैबीच, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रति तोला २ हजार ९२० मा कारोबार भएको चाँदी बुधबार बढेर प्रति तोला २ हजार ९६५ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्यमा प्रति तोला ४५ को वृद्धि भएको छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख २ हजार ५९० र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५४२ मा कारोबार भइरहेको छ ।
२०८२ कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








