पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित
२०८२ कार्तिक ५ गते

काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५/२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५/१८ र तेस्रो सेटमा २७/२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।
२०८२ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








