स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

स्वास्थ्य सेवा विभागले आ.व. २०८०/०८१ मा खरिद गरेको Mammography Machine खरिदको क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको सर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post ShipmentInspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोप छ ।

कसूरजन्य कार्य भएको हुँदा प्रतिवादीहरूउपर सजाय हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिवादीहरू:

  • स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा
  • स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा
  • स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया
  • स्वास्थ्य सेवा विभागका निर्देशक डा. विवेक कुमार लाल
  • स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले
  • स्वास्थ्य सेवा विभागका कानुन अधिकृत सिता घिमिरे
  • स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी
  • स्वास्थ्य सेवा विभागका तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा
  • स्वास्थ्य सेवा विभागका तत्कालीन लेखा अधिकृत शम्भु प्रसाद ढकाल
  • स्वास्थ्य सेवा विभागका लेखापाल तिलक राम ढकाल
  • स्वास्थ्य सेवा विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान
  • स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र
  • स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक संजय कुमार साह
  • म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसाल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fourteen =