जसपा सांसद सरोज सिंह कुशवाहा निलम्बित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजै कुशवाहामाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो ।

आयोगले सो जानकारी मधेश प्रदेशसभामा पठाएपछि प्रदेशसभाले उनीमाथि तत्काल निलम्बनको निर्णय गरेको जनाएको छ ।

अख्तियारको पत्र अनुसार, मुद्दा दायर भएपछि कुशवाहा स्वतः सांसद पदबाट निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =