सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटि युनियनपे कार्ड सेवा सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको SCT-UnionPay कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।
यही असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै SCT-UnionPay कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको बैंकले जानकारी दिएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ ।
SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UnionPay कार्ड VISA कार्ड जारी गर्ने तथा VISA, RuPay, +MasterCard तथा Discover म्कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपाल भरि भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (बैंक भुक्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।








