कांग्रेसले भन्यो- निर्वाचनको तयारी सुरु गर्छौं (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी आसन्न निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने स्पष्ट पारेका हुन् । 

उनले लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने धारणा राखे । सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउनुपर्नेमा पनि उनले जोड दिए । नेता घिमिरेले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गरे ।

संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा १० वटा रिट परिसकेकाले अदालतको फैसलालाई स्वीकारेर आगामी कदम चाल्ने उनले बताए । उनले भने, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबारे सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’

पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेकाले उक्त बैठकले थप निर्णय लिने पनि नेता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =