जेनजी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानबिन गरी कारबाही होस्: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरूको सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।

मङ्गलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पत्तिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

काँग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १ सय २५ जना नेताहरूको निजी घर र डेरामा आक्रमण तथा लुटपाट र आगजनी गरेकोप्रति भर्त्सना गरे ।

उनले भने ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १ सय २५ जना नेता साथीहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ । नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत भएको छु । त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पत्तिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ । यी दुवै दिनका घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’

सभापति देउवाले नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले आफू मर्माहत भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =