काँग्रेस सभापति देउवा सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक भएका छन् ।

जनजी प्रदर्शनकारीहरूको कुटाइबाट गम्भीर घाइते भएका उनले पार्टी केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरूले देउवा र उनकी पत्नी एवं काँग्रेस नेतृ डा। आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । त्यसपछि उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका हुन् ।

आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन् ।

बैठकमा संस्थापन पक्ष इतरका नेताहरूले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =