फुट्यो जनमत पार्टी, नयाँ दल दर्ता प्रक्रिया सुरु

काठमाडौँ । जनमत पार्टीबाट अलग भएका नेताहरूले नयाँ राजनीतिक दल दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।

दीपक साहको नेतृत्वमा ‘जनस्वराज पार्टी’ दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिइएको हो । साह सीके राउत नेतृत्वको जनमत पार्टीमा उपाध्यक्ष रहेका थिए ।

साह नेतृत्वको नयाँ दलमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्यहरू लागेका छन् ।

‘५२ सदस्यीय कार्यकारिणी रहेको जनमत पार्टीबाट १५ जना अलग भएर नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका हौँ,’ एक नेताले भने, ‘आज आयोगमा निवेदन दिएका छौँ, बाँकी प्रक्रिया अघि बढिरहेको छ ।’

नयाँ दलमा ई. सुरेन्द्र नारायण यादव, हेमलता रजक, शम्भुनाथ साहलगायत नेता सहभागी छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीभित्रका असन्तुष्ट नेताहरूमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण सोध्ने, निलम्बन र निष्कासन गर्ने कार्य गर्दै आएका थिए । त्यही समूह अहिले सङ्गठित भई नयाँ दलको तयारीमा जुटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =