शीतल निवासमा जेनजीकाे असन्तुष्टि : छलफलमा सहभागिताकाे विषयलाई लिएर नाराबाजी

काठमाडौं । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग गरिरहेको छलफलमा सहभागी हुन नपाएका केही प्रतिनिधिहरूले बाहिर नाराबाजी गरेका छन् । छलफलमा जेनजीका १७ जना प्रतिनिधि सहभागी हुने तय भए पनि पछि संख्या बढाई २० भन्दा बढी सहभागी गराइएको स्रोतले बताएको छ । प्रवेश नपाएका अन्य प्रतिनिधि भनिएकाहरुले भने असन्तुष्टि पोखेका छन् ।

छलफलमा नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरू सहभागी छन् । तर, पुरुषोत्तम यादव, संविधान प्रसाईं र खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरूलाई भने शीतल निवासभित्र प्रवेश दिइएन । प्रवेश नपाएपछि उनीहरूले केहीबेर नाराबाजी गरेका थिए । जेनजी अगुवा खेमराज साउदले, ‘हामी प्रदेश संयोजकलाई भित्र छिर्न दिइएन। हिजो छिर्न दिने भनिए पनि आज रोकियो,’ भन्दै असन्तुष्टि व्यक्त गरे ।

भित्र प्रवेश गर्न नपाएका प्रतिनिधिहरूले जेनजी अगुवा सुदन गुरुङले धोका दिएको आरोप लगाएका छन् । छलफल चलिरहँदा बाहिर नाराबाजीले शीतल निवास परिसरमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =