नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न
२०८२ असोज २४ गते

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६ औं वार्षिक साधारण सभा काठमाण्डौंको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको सभामा संचालक समितिका सदस्यहरू, शेयरधनीहरू, तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिती रहेको थियो ।
साधारण सभामा गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरणको निर्णय गरिएको छ ।
यसअर्थमा, कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशतले बराबर रु. ८ करोड १० लाख बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशतका दरमा रु. ४२ लाख ६३ हजार १५७.८९को रकम प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
२०८२ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








