अनेरास्ववियुले सच्चाएर दियो बालेन र सुदन गुरुङविरुद्ध जाहेरी
२०८२ असोज २२ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले फेरि जाहेरी दिएको छ ।
मंगलबार बुझाइएको पहिलो पत्रमा टाइपिङ त्रुटि भेटिएपछि बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा संशोधित पत्र बुझाइएको अनेरास्ववियुका महासचिव दीपक धामीले जानकारी दिए ।
‘एउटा लाइनमा शब्द मिस्टेक भएको रहेछ, टाइपिङ गर्दा यस्तो भएको हो,’ धामीले भने, ‘आज फेरि अर्को पत्र बुझाएका छौँ ।’
धामीका अनुसार प्रहरीले उक्त जाहेरी पनि छानबिनका लागि सम्बन्धित आयोगमा पठाइने जानकारी दिएको छ । ‘आयोगमा पठाउने भनिएको छ,’ उनले भने ।
२०८२ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








