लाङ्टाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्धार

रसुवा । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासले ती पदयात्रीलाई सुरक्षित रूपमा उद्धार गरी स्याफ्रुबेँसी ल्याइएको हो । उद्धार गरिएका सबै १२ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

पदयात्रामा रहेका भक्तपुरका चार जना  संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ  बाढीका कारण बेपत्ता भएका थिए । उनीहरूको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन, तर उद्धार गरिएको अन्य १२ जनालाई सुरक्षित अवस्थामा काठमाडौँ फर्काइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =