१ हजार रन पार गर्दै इन्दु बर्माले रचिन इतिहास
२०८२ असोज २१ गते

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पुरा गरेर नयाँ इतिहास रचेकी छन् ।
मङ्गलवार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेर इन्दुले १ हजार रनको आँकडा पूरा गर्न सफल भइन् ।
इन्दु १ हजार रन पुरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । उनले ७७ खेलमा १०४३ रन बनाएकी छिन् ।
उनको पछि १ हजार रनको नजिक पुगेकी सीता रानामगरको ६३ इनिङमा ९६५ रन छ, जबकि रुबिना क्षेत्रीले ७८ इनिङमा ९३६ रन बनाएकी छन् । पूजा महतो भने ४१ खेलमा ५१६ रन बनाएकी छिन् ।
इन्दु बर्माले १८ को औसतमा रन बनाएकी छिन् र हालसम्म एक अर्ध शतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ रनको छ ।
२०८२ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित








