फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ३३ हजार नाघ्यो
२०८२ असोज २० गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।
आइतबार २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप २ हजार ५०० रुपैयाँले बढेको हो । यससँगै विवाह तथा अन्य शुभकार्यका लागि सुन खरिद गर्ने योजना बनाएकाहरूलाई यो मूल्यवृद्धिले ठूलो धक्का दिएको छ ।
सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ । आइतबार प्रति तोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला २ हजार ९६० रुपैयाँ पुगेको छ ।
२०८२ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








