काठमाडौं आउने सयौँ सवारीसाधन चितवनमा रोकियो

काठमाडौं । अविरल वर्षाका कारण धादिङको जवाङ खोलामा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ । यसका कारण सयौँ सवारीसाधन चितवनमै रोकिएका छन् भने यात्रुहरूले बिचल्ली भोग्नुपरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, धादिङको जवाङ खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले काठमाडौँ जाने सवारीसाधनलाई हाल चितवनको रामनगर क्षेत्रमै रोकिएको छ । प्रहरीले पोखरातर्फ जाने सवारीसाधनलाई भने सुचारु गरी पठाइएको जानकारी दिएको छ ।

लगातारको वर्षाले जवाङ खोलामा पटकपटक पहिरो खस्दा सडक खुलाउन कठिनाइ भइरहेको छ। यद्यपि, केही समयका लागि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने यथावत् रहेको अधिकारीहरूले बताएका छन् । जुनसुकै बेला पनि थप पहिरो खस्न सक्ने सम्भावनाका कारण सडक पूर्ण रूपमा सुरक्षित नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =