मन्त्री कुलमान घिसिङले बोलाए विभागीय प्रमुखहरुको आकस्मिक बैठक

काठमाडौं । अविरल वर्षाले देशभर सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले उच्चस्तरीय बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

मन्त्रालयका विभागीय प्रमुखहरुलाई बोलाइएको बैठकमा मौसमको पछिल्लो अवस्था, सडक सुरक्षा र सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि भइरहेका तयारीबारे विस्तृत छलफल हुनेछ । देशभर परिरहेको पानीको मात्रा र आगामी दिनमा वर्षा बढ्ने सम्भावनालाई गम्भीरतापूर्वक लिँदै, विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन  दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

पछिल्लो समय मौसम विज्ञान विभागले आगामी दिनमा थप वर्षा हुने पूर्वानुमान गरिरहेकाले, त्यसबाट सिर्जना हुन सक्ने बाढी, पहिरो र डुबानका समस्याहरुको सामना गर्न पूर्वतयारी अझ सुदृढ बनाउनु पर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =