मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली महिला क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा उपकप्तानको भूमिकामा पूजा महतो रहेका छन् । यस्तै, रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवरले टोलीमा स्थान पाएका छन् ।

क्यानका अनुसार नेपालले मलेसियाविरुद्धको पहिलो टी–२० खेल भोलि (बिहीबार) खेल्नेछ । दुई राष्ट्रबीचको सिरिज अक्टोबर ८ (आश्विन २१) सम्म जारी रहनेछ ।

महिला क्रिकेटमा नेपाल र मलेसिया दुवै समान स्तरका प्रतिस्पर्धी मानिँदै आएका छन् । यस सिरिजलाई दुवै टिमका लागि भविष्यका ठूला प्रतियोगिताका तयारीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =