हल्लाबाजहरूलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँ: ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पारेका छन् ।

शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताए । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारे ।

देश सबै नेपालीहरू मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने प्रतिवद्धता जनाए । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरे । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाऊँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गरे ।

उनले भने ‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्थामा ल्याउँछौँ । अहिले तपाईँहरूले हेर्नुभएको होला, सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ, देखाइएको छ, सरकार के हेरेर बसेको छ । के गर्दैछ ?’

अध्यक्ष ओलीले सरकार यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरू गरेर धाक लगाइरहेको बताए । सरकारका कर्तव्यहरू केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =