माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज होटल पोखरा ग्राण्ड, पोखरामा बैंकले सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत ९कर सहित० प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकका अनुसार बैंकले उक्त नगद लाभांश दसैँ अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात् बैंकको कुल चुक्ता पुँजी १२ अर्ब ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एवं साधारण सेयर धनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =