राजधानी बाहिरिने सवारीको चाप बढ्यो

काठमाडौँ । नेपालीहरूको महान चाड विजया दशमी नजिकिँदै गर्दा राजधानी बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ ।

दसैँ मनाउन घर जानेहरूको संख्या बढेसँगै राजधानीबाहिरिने नाकाहरूबाट सवारी साधनको चाप पनि बढेको हो ।

थानकोट, जडीबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारीको चाप दिनानुदिन बढ्दै गएको छ । असोज १ गतेदेखि नै दैनिक हजारौँ मानिसले राजधानी छाडेर दसैँ मनाउन गाउँघरमा जान थालेका छन् । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा सवारीसँगै यात्रुहरूको पनि ठुलो भिडभाड लाग्ने गरेको छ ।

काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । फूलपातीको दिनसम्म राजधानीबाट मानिसहरू बाहिरिने संख्यामा चाप हुनेछ । यातायात व्यवसायीहरूले दसैँका लागी अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।

दसैँका लागि अग्रिम टिकट बुकिङ नहुँदा कतिपय यात्रुहरूले सास्ती समेत खेप्नुपरेको छ । यस वर्ष दसैँको टीका असोजको १६ गते रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =