राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
२०८२ असोज ८ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
कार्की बुधबार राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेकी हुन् । राष्ट्रपति सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल भएको हो ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थासम्बन्धी विषयमा समेत व्यापक छलफल भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री कार्कीले पनि लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न निर्वाचनको सफलतामा जोड दिएकी छन् ।
शीतल निवासमा भएको यो भेटलाई राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ ।
२०८२ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








