एसिया कप सुपर फोरमा आज भारत र बंगलादेश भिड्दै
२०८२ असोज ८ गते

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर चरणअन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबै टोली स्थानीय समयअनुसार आज साँझ ७ः४५ बजे मैदानमा उत्रिने छन् ।
एसिया कपमा सहभागी ८ टोलीमध्ये आयोजक युएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिसकेका छन् ।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका भने सुपर फोरमा प्रवेश गरिसकेका टोली हुन् ।
सुपर फोर चरणमा रहेका चार टोलीमध्ये शीर्ष दुई टोली सेप्टेम्बर २८ (असोज १२) मा हुने फाइनलमा भिड्नेछन् ।
त्यसअघि सुपर फोर अन्तर्गतका खेलहरूले सेमिफाइनलको काम गर्नेछन् ।
भारत र बंगलादेश दुवै फाइनल पुग्ने दाबेदार मानिएका टोली हुन् । आजको खेल दुवैका लागि निर्णायक हुने सम्भावना छ ।
२०८२ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








