पाकिस्तान र श्रीलङ्काबीचको खेल आज, सुपर फोरमा पहिलो जितको खोजी

काठमाडौं । एशिया कप २०२५ अन्तर्गत सुपर फोर चरणमा आज पाकिस्तान र श्रीलङ्का एक आपसमा प्रतिस्पर्धा गर्दै छन् । दुबै टिमको लक्ष्य सुपर फोरमा पहिलो जित हात पार्दै फाइनल पुग्ने सम्भावना कायम राख्नु हो ।

पाकिस्तान र श्रीलङ्का दुवैले सुपर फोरको आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । यस खेलमा जित निकाल्न नसके फाइनल पुग्ने सपना टाढिँदै जानेछ ।

श्रीलङ्का यसअघि समूह चरणमा राम्रो प्रदर्शन गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको थियो । तर, बंगलादेशसँगको खेलमा उनीहरुले चार विकेटको हार बेहोरे । खराब ब्याटिङ प्रदर्शन र कमजोर मिडल अर्डर श्रीलङ्काका लागि चिन्ताको विषय बनेको छ ।

त्यस्तै पाकिस्तान पनि पहिलो खेलमा दबाबमा देखिएको थियो । ब्याटिङ र बलिङ दुबै पक्षमा पाकिस्तानले सुधार गर्नुपर्ने देखिएको छ । हालसम्मको प्रदर्शन हेर्दा कप्तान सलमान अलि आगामाथि ठूलो जिम्मेवारी रहनेछ । दुबै टिम दबाबमा रहेकाले खेल रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

विश्लेषकहरुका अनुसार, पिच ब्याट्सम्यानमैत्री देखिए पनि स्पिनरले महत्वपूर्ण भूमिका खेल्नेछन् । टस जितेर पहिले ब्याटिङ गर्ने टिमलाई मनोवैज्ञानिक लाभ मिल्ने आँकलन गरिएको छ ।

दुवै टिमका लागि आजको खेल फाइनल प्रवेशको हिसाबले अत्यन्तै महत्वपूर्ण छ । हार्ने टिमको फाइनल पुग्ने सपना लगभग समाप्त हुने अवस्था आउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =