रास्वपाको केन्द्रीय समिति बैठक सुरु, जेन-जी शहीदलाई श्रद्धाञ्जली (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

बैठकको प्रारम्भमा हालैको जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । प्रवक्ता झाका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुनेछ ।

समसामयिक अवस्था र बैठकबारे समीक्षा, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा संकलन, पार्टी संगठन तथा विभाग सम्बन्धमा आवश्यक निर्णय, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा विस्तृत छलफल हुनेछ । यस बैठकले पार्टीको आगामी दिशा र कार्यनीति निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =