ओसमन डेम्बेले बने बेलन डे’अर विजेता

काठमाडौं । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले यस वर्षको प्रतिष्ठित बेलन डे’अर अवार्ड जितेका छन् । पेरिसमा आयोजित एक विशेष समारोहका बीच उनलाई विश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड प्रदान गरिएको हो ।

डेम्बेलेको उत्कृष्ट प्रदर्शनको बलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । डेम्बेलेको प्रेरणादायी खेलले पीएसजीले च्याम्पियन्स लिग जितेको यो नै क्लबको इतिहासमा पहिलो पटक हो । यस ऐतिहासिक सफलताले पेरिसलाई रातारात फुटबलको केन्द्रबिन्दुमा ल्याइदिएको छ ।

२८ वर्षीय डेम्बेले यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी बनेका छन् । पीएसजीले गत सिजनको च्याम्पियन्स लिग फाइनलमा इटालियन महारथी इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो, जसमा डेम्बेलेको भूमिका महत्त्वपूर्ण थियो । च्याम्पियन्स लिगका साथै पीएसजीले फ्रेन्च लिग वान र कुप डे फ्रान्सको उपाधि पनि जितेर घरेलु फुटबलमा वर्चस्व कायम गरेको थियो ।

बोरुसिया डर्टमन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका डेम्बेले सन् २०१८ मा विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्य पनि थि ए। उनले अवार्डको दौडमा बार्सिलोनाका युवा प्रतिभा लामिन यामललाई पछि पारेका छन्, जो दोस्रो स्थानमा रहे ।

महिलातर्फको बेलन डे’अर अवार्ड लगातार तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन्, जसले महिला फुटबलमा आफ्नो राज कायम राखेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =