सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस
२०८२ असोज ५ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छन् ।
आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले सरकारको सञ्चार क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यले अनुभवी व्यक्तित्वलाई जिम्मेवारी दिने तयारीस्वरूप खरेलको नाम अगाडि सारेकी हुन् । खरेल सञ्चार तथा सूचना प्रविधि क्षेत्रसँग नजिक रहेका व्यक्तिका रूपमा चिनिन्छन् ।
राष्ट्रपतिले संविधान अनुसार मन्त्रिपरिषद्मा नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउनेछन् । अब नियुक्ति भएपछि खरेलले पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
२०८२ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








