हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ असोज ५ गते

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । गएको शुक्रबार बढेको मूल्य आज (आइतबार) थप वृद्धि भई सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य २०८० भदौ ३१ गतेको उच्च मूल्यसँग बराबर हो । यसअघि शुक्रबार मात्र सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँ पुगेको थियो ।
यसैगरी, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । प्रतितोला ४० रुपैयाँले बढेर चाँदी २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०८२ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








