साफ यु–१७ च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित
२०८२ असोज २ गते

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।
श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक/एक गोल गरे ।
जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ । जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् ।
२०८२ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








