एनआइसी एसिया बैंकको सिईओ रोशन न्यौपानेले दिए राजीनामा, राठीलाई दिइयो जिम्मेवारी
२०८२ असोज २ गते

काठमाडौँ । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बुधवार (हिजो) न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
आज बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको बैंकका सूचना अधिकारी अर्जन खनियाले जानकारी दिए ।
खनियाका अनुसार स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएका हुन् ।
उनले मकालुखबरसंगको कुराकानीमा भने ‘उहाँको कार्यकालको अवधि पनि धेरै नरहेको र ५/६ महिना नै उहाँले रेस्ट गर्नुपर्ने देखिएकोले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिनुभएको हो ।’
यससँगै बैंकका कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ ।
बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको हो ।
२०८२ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








