भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन् ।
जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो ।
“मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ । उहाँले राम्रो काम गरिरहनुभएको छ ।”
उनले भने “रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद ।”
यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन् ‘समसामयिक बिषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद । तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण प्रतिबद्ध छु ।’
‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि तपाईंको प्रयासको समर्थन गर्दछौँ,’ मोदीले भनेका छन् ।








