पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
२०८२ असोज १ गते

गलकोट । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् । ठूलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको जनाउँदै उनले कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकासँगको समन्वयमा वर्षा रोकिएपछि सडक खुलाइने बताए ।
२०८२ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








