राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
२०८२ भदौ ३१ गते

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको सूचना संसद् सचिवालयलाई पठाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको जानकारी प्राप्त भएको पुष्टि गरेका छन् ।
यसअघि प्रतिनिधिसभा भने विघटन भइसकेको छ । अहिले राष्ट्रिय सभा मात्र क्रियाशील संसद्को रूपमा रहेको थियो ।
अधिवेशन अन्त्यसँगै अब राष्ट्रिय सभा पनि निष्क्रिय बनेको छ ।
२०८२ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








