जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क निर्माण हुने

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ ।

सरकारले उक्त स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरिसकेको जानकारी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले दिएका छन् ।

‘जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क बनाउने सैद्धान्तिक सहमति भइसकेको छ,’ मन्त्री अर्यालले भने, ‘तर, पार्क बन्ने स्थान भने अहिले यकिन भएको छैन ।’

सरकारी तथ्याङ्कअनुसार, हालसम्म जेनजी आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी, र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

उक्त आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =