क्षतिग्रस्त संरचनाबारे जानकारी लिँदै मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको अनुगमन गरेका छन् ।

यही भदौ २४ गते जेनजी प्रदर्शनकारीले सुर्खेतमा आगजनी र तोडफोड गरेका सरकारी तथा निजी भौतिक संरचनाहरु मुख्यमन्त्री कँडेलले आज अनुगमन गरेका हुन् ।

उनले आगजनी तथा तोडफोडबाट पूर्ण क्षति भएका कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ वडा कार्यालयको अनुगमन गरे ।

यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रका पार्टी कार्यालय, कांग्रेस उपसभापति तथा निवर्तमान रक्षामन्त्री पूर्णबहादुर खड्का, उनका भाइ डम्बर खड्का, मुख्यमन्त्री कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाललगायतका क्षतिग्रस्त घरको पनि मुख्यमन्त्री कँडेलले अनुगमन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =