नयाँ प्रधानमन्त्रीलाई गृह मन्त्रालयको निर्माणाधीन भवनमा राखिने

काठमाडौँ । आगामी प्रधानमन्त्रीलाई सिंहदरबारभित्र रहेको गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा राखिने भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहितको सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले बताए ।

उनले अन्य भवन पनि हेर्ने काम भएको तर कुनै सद्दे नभएको बताए । त्यसकारण निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन नै एक मात्र विकल्प भएको उनले बताए ।

गत भदौ २३ गते भएको जेन जी प्रदर्शनका क्रममा प्रदर्शनकारीको निसानामा परेको सिंहदरबारमा ठुलो आगजनी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =