कारागारबाट भागेका टोपबहादुर रायमाझीले पठाए आफैँ फर्किने सन्देश

काठमाडौँ । केन्द्रीय कारागारको भद्र बन्दीगृहबाट भदौ २३ गतेको घटनापछि भागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफैँ फर्किने सन्देश पठाएका छन् ।

कारागार स्रोतका अनुसार रायमाझीले कसैको माध्यमबाट आफू स्वेच्छिक रूपमा फर्किन तयार रहेको सन्देश पठाएका हुन् ।

उक्त घटनामा रायमाझी मात्र नभई पूर्वगृहसचिव टेकनारायण पाण्डे, चर्चित सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलगायत दर्जनौँ उच्चप्रोफाइल कैदीबन्दी फरार छन् ।

कारागार प्रशासनका अनुसार हालसम्म करिब एक÷डेढ सय फरार कैदीहरू स्वेच्छिक रूपमा फर्किएका छन् ।

फरारमध्ये पाण्डेले पनि आफू फर्किन तयार रहेको सन्देश पठाइसकेको जनाइएको छ । तर, ठोस मिति भने तय नभएको कारागार स्रोतको भनाइ छ ।

सरकारले यसबीचमा फरार कैदीहरूलाई स्वेच्छिक रूपमा आत्मसमर्पण गर्न आह्वान गर्दै, नफर्किएकाहरूमाथि कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =