आगलागी पछि वैदेशिक रोजगार विभाग : श्रम स्वीकृतिको काम भने जारी

काठमाडौँ । वैदेशिक रोजगार विभाग पूर्ण रूपमा ध्वस्त भएको छ ।

मंगलबार जेन–जी प्रदर्शनका क्रममा ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी हुँदा विभागको तल्लो भवन पूर्ण रूपमा क्षति पुगेको हो ।

विभागका महानिर्देशक कमल भट्टराईका अनुसार अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको छ । विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसकारण श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको उनले बताए ।

उनले कर्मचारीहरूले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेका जानकारी दिए ।

आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =