कानुन व्यवसायी भन्छन्- ‘जेन जी पुस्ताको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ’

काठमाडौँ । कानुन व्यवसायीहरूले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरूको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् ।

नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानुन व्यवसायीहरूले यस्तो बताएका हुन् ।

उनीहरूले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए । संवैधानिक संकटको अवस्थामा निकास दिन कानुन व्यवसायीहरूले पहल गर्नुपर्ने बताए । सहमतिको बिन्दु पहिल्याएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको जिकिर गरे । संसदका सदस्यहरूबाट नै जेन जी पुस्ताले रुचाएको व्यक्ति छन् भने त्यो व्यक्तिलाई अघि सारेर जानुपर्ने कानुन व्यवसायी अशोक पोखरेलले बताए ।

उनले बारले संविधान मिचिने काम भए खबरदारी गर्नुपर्ने बताए । पूर्वकानूनमन्त्री एवं कानुन व्यवसायी गोविन्द बन्दीले परिस्थितिको विश्लेषण गरेर मात्रै अघि बढ्न सुझाव दिए । उनले जेन जी मुभमेण्ट किन आयो र यसको रुट कजहरु केके हो भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताए ।

केही मानिसहरूको कुरा सुन्न नै जेन जी पुस्ता तयार नरहेको देखिएको बताए । संविधान सुधार गर्ने, संशोधन गर्ने र अहिलेको संविधानबाट नै समाधान खोज्नेतर्फ जानुपर्ने सुझाव दिए । नेपाल बारले आफ्नो समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । प्रतिनिधि सभाको सदस्यलाई मात्रै प्रधानमन्त्री बनाइनुपर्ने, मन्त्रीहरू बाहिरको भएपनि हुने माग आफ्नो रहेको बताए ।

प्रतिनिधि सभाको सदस्यको संयोजकत्वमा सरकार गठन गर्नुपर्ने बताए । चुनावी सरकार अविलम्ब गठन गर्न पनि माग गरे । कानुन व्यवसायी सुरेन्द्रकुमार महतोले बारको आधारभूत स्ट्याण्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय शासन प्रणाली नै रहनुपर्ने बताए । उनले अहिलेको अवस्था विकराल र असामान्य रहेको बताए ।

अहिलेको संविधानअनुसार सरकार बनाउने भए शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए । संविधान अक्षुण्ड रहनुपर्ने बताए । कानुन व्यवसायी लिलामणि श्रेष्ठले संविधानभित्रबाट विकल्प खोजिनुपर्ने बताए । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले संविधानभित्रबाट विकल्प खोज्नुपर्ने बताए ।

जेन जी पुस्ता नै अन्योलतामा रहेकाले विकल्प र सुझावहरू दिनुपर्ने बताए । कानुन व्यवसायी बाुराजा जोशीले जेन जीको आन्दोलन संविधान विरोधी आन्दोलन नभएको बताए । संविधानको धारा ७६९३० बाट बन्न नसक्ने भए संसदभित्रैबाट मन्त्रीमण्डल गठन हुनुपर्ने बताए । तीन वटा बेन्च भएपनि सुरु गरेर न्यायपालिकाले आफ्नो काम सुरु गर्नुपर्ने बताए ।

कानुन व्यवसायी ताराकुमार श्रेष्ठले न्यायको प्रक्रिया अघि बढेको प्रत्याभूति दिन जरुरी रहेको बताए । जेन जीको आन्दोलन भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको कुरा नेपाल बारले बिर्सिन नहुने बताए । जेन जीको भावना सम्बोधन हुनेगरी विज्ञप्ति जारी गर्न जरुरी रहेको बताए । कानुन व्यवसायी पुरुषोत्तम अधिकारीले आवश्यक परे कानुन व्यवसायीहरू सडकमा आउन तयार रहेको सन्देश दिनुपर्ने बताए । कानुन व्यवसायी कपिलचन्द्र पोखरेलले नेपाल बारको भूमिका प्रभावकारी देखिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =