गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
२०८२ भदौ २५ गते

गंगा दाहाल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका अनुसार, मृत भेटिएका व्यक्तिको नाम सुरज खत्री रहेको पुष्टि भएको छ । २५ वर्षीय सुरज खत्री ललितपुरको सुनाकोठीका स्थायी निवासी थिए ।
उक्त घटनामा सुरजको शव जलेको अवस्थामा भेटिएको र अहिले सो शवको पोष्टमार्टम पाटन अस्पतालमा भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
मंगलबार दाहालको घरमा भएको जेनजी प्रदर्शनको क्रममा उत्पन्न भएको तनाव र उग्र प्रदर्शनको कारण घरमा आगजनी भएको थियो ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








