रास्वपाले बोलायो भर्चुअल केन्द्रीय समिति बैठक
२०८२ भदौ २५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज राती ८ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताए ।
पार्टीका प्रमुख नेताहरूले बैठकमा नेपालका हालका राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आगामी रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ ।
यो बैठकका लागि सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








