लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध
२०८२ भदौ २५ गते

काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ ।
सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो ।
हतियारको दुरुपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ ।
साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








