सेयर बजार बन्द, अब आइतबारदेखि मात्रै सेयर किनबेच गर्न पाइने
२०८२ भदौ २५ गते

काठमाडौं । धितोपत्र बजार अब आइतबार मात्र खुल्ने भएको छ । लगानीकर्ताको माग र विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार बन्द गर्ने निर्णय गरेसँगै सेयर बजार लामो समय बन्द हुने भएको हो ।
नेप्सेले एक सूचना जारी गर्दै बुधबार र बिहीबार पनि सेयर कारोबार बन्द रहने जानकारी गराएको छ । प्रवक्ता मुराहरि पराजुलीका अनुसार, लगानीकर्ताहरूबाट प्राप्त विशेष अनुरोधका आधारमा यो निर्णय लिइएको हो । यसअघि मंगलबार पनि बजार बन्द थियो ।
यससँगै अब शुक्रबार र शनिबार साप्ताहिक बिदाका कारण नियमित रूपमा बजार बन्द रहनेछ । फलस्वरूप, अब सेयर बजार आइतबार मात्र खुल्ने भएको छ । लगानीकर्ताहरूले अब आइतबारदेखि मात्रै सेयर किनबेच गर्न पाउनेछन् ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








