सिंहदरबारको मूल गेटमा आगजनी

काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले आगो लगाएका छन् । उनीहरूले प्रधानमन्त्री निवासदेखि लिएर प्रमुख दलका नेताहरूको घरमा समेत आक्रमण गरेका छन् ।

राजनीतिक असन्तोष र सरकारप्रतिको आक्रोश झल्किनेगरी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले सुरक्षा व्यवस्था कडा पारिएको सिंहदरबारको मूल गेटमा एक्कासि आगजनी गरेका हुन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि प्रदर्शनकारीहरूको भीडले राजधानीको विभिन्न क्षेत्रमा तनाव बढाएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =