सामूहिक राजीनामा दिने तयारीमा रास्वपाका सांसद
२०८२ भदौ २४ गते

काठमाडौं । जनजी आन्दोलन चर्किंदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक संसदीय दल बैठक बसेको छ ।
चाबहिलस्थित पार्टी कार्यालय चःमतिमा मंगलबार बसेको बैठकमा सबै सांसदले सामूहिक राजीनामा दिने विषयमा गम्भीर छलफल भइरहेको छ ।
‘हामी सामूहिक राजीनामा दिनेबारे छलफल गर्दैछौं,’ एक सांसदले भने । बैठकको प्रारम्भिक चरणमै डा. तोसिमा कार्की, असिम शाह र सुमना श्रेष्ठले व्यक्तिगत रूपमा राजीनामाको घोषणा गरिसकेका छन् । अन्य सांसदहरू पनि सोही मार्गमा जान सक्ने संकेत देखिएको छ ।
सोमबार राजधानीसहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि राजनीतिक वातावरण झन् संवेदनशील बनेको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








