जेनजी प्रदर्शनकारीले गरे प्रचण्ड निवास तोडफोड

काठमाडौं । उपत्यकामा जेनजी आन्दोलन दोस्रो दिन झन् उग्र बनेको छ । सरकारले लगाएको कफ्र्यूको अवज्ञा गर्दै आन्दोलनकारी नेताहरूको निवासमै पुगेर आक्रोश व्यक्त गर्न थालेका छन् ।

यसै क्रममा, एक समूह प्रदर्शनकारी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवाससम्म पुगेको छ ।

उनीहरूले निवास अगाडि नाराबाजी गर्दै ढुंगामुढासमेत गरेका छन् । सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दै उनीहरूलाई तितरबितर पारेका थिए ।

जेनजी आन्दोलनकारीहरू राजधानीका विभिन्न भागमा समूह बनाएर निस्किरहेका छन् ।

त्रिपुरेश्वर, माइतीघर, नयाँ बानेश्वर, चाबहिल लगायत स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 7 =