जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु, अझै बढ्न सक्ने
२०८२ भदौ २३ गते

काठमाडौं । आज बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।
स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १४ जनाको मृत्यु पुष्टि भएको छ ।
दिउँसो साढे ३ बजेसम्मको तथ्यांक अनुसार ट्रमा सेन्टरमा ६ जनाको, सिभिल अस्पतालमा २ जनाको, केएमसी अस्पतालमा १ जनाको, त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । एक जनाको भने संसद भवन अगाडी नै गोली लागेर मृत्यु भएको थियो ।
प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन ।
घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








