केएमसीमा उपचाररत जेनजी आन्दोलनका दुई घाइतेको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंमा जारी जेनजी आन्दोलनका क्रममा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौं मेडिकल कलेजमा उपचारका लागि ल्याइएका ती दुईको अहिले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

अहिलेसम्म उनीहरुको परिचय खुल्न सकेको छैन । त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका अन्य २० भन्दा बढी युवाहरुको पनि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अस्पतालका म्यानेजर नारायण प्रसाद दाहालले घाइतेहरुको थप उपचार भइरहेको र स्वास्थ्य स्थितिको निरन्तर अनुगमन भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =