रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार सहित अन्य दुई पत्रकार घाइते

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् ।

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर पत्रकार श्याम श्रेष्ठ घाइते भएका हुन् । उनको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृश्य खिचिरहेका बेला उनलाई प्रहरीको गोली लागेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । उनले हाल पत्रकार श्रेष्ठको सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

त्यस्तै उनी सहित अन्य दुई पत्रकार पनि रबरको गोली लागेर घाइते भएका छन् ।

घाइते हुने पत्रकारहरू नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसकर्मी उमेश कार्की हुन् । कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको छ भने ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ ।

त्यस्तै अन्य आन्दोलनकारीहरू पनि रबरको गोली लागेर घाइते भएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =