जेनजीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ’जेनजी’ समूहको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

शनिबार दिउँसो माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरसम्म पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

संसद भवनतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रुग्यास प्रहार गरेको हो ।

तीनकुने र माइतीघर दुबै दिशाबाट आएका प्रदर्शनकारीहरू संसद भवनको गेटसम्म पुगेका थिए । भीड तितरबितर पार्न प्रहरीले ठाउँ–ठाउँमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =